दफा ११५
व्यवस्थापन समितिले लेखी पठाउन सक्ने
: (१) व्यवस्थापन समितिले समस्याग्रस्त संस्था वा सङ्घको सम्पत्ति व्यवस्थापन वा दायित्व भुक्तानी सम्बन्धी कार्य गर्ने सिलसिलामा देहायको कार्य गर्न सम्बन्धित निकायसमक्ष लेखी पठाउन सक्नेछ :—
(क)  समितिको क्रणी सदस्य, व्यवस्थापक तथा कर्मचारी वा निजका परिवारको सदस्य वा संस्था वा सङ्घको कुनै बैङ्क वा वित्तीय संस्थामा भएको आर्थिक कारोबार वा खाता वा अन्य चल अचल सम्पत्ति रोक्का राख्‍न,
(ख)  समितिको क्रणी सदस्य, व्यवस्थापक वा कर्मचारीलाई राहादानी जारी नगर्न वा जारी भई सकेको भए सो राहादानी रोक्का राख्‍न,
(ग)  समस्याग्रस्त संस्था वा सङ्घको ऋण नतिर्ने सदस्य वा व्यक्तिको नाम कालो सूचीमा समावेश गर्न।
(२) उपदफा (१) बमोजिम लेखी आएमा सम्बन्धित निकायले सो बमोजिम गरी गराई सो को जानकारी व्यवस्थापन समितिलाई दिनु पर्नेछ ।